Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, कार्तिक १० गते ।

महोत्तरीमा मेलामा ५० रुपैयाँमा पाइने सिक्रीको विवादले युवकको हत्या भएको खुलेको छ । पिपरा गाउँपालिका–५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको मेलामा भएको समान्य विादमा दुई युवकले छुरा घोपीघोपी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले संगै मेला गएको दुईजना भारतीय नागरिकतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र मधुवनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिक रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार दुबैजना दसैं मनाउन मावली गाउँ हर्दिया आएका थिए । बिहीबार दिउँसो उनीहरू आशिकसंगै गाउँमै लागेको दसैं मेला हेर्न गएका थिए । मेलमा दिपक र अमितले सुन जस्तै देखिने गर्दनमा लगाउने सिक्री किनेका थिए । त्यो सिक्री लगाएर आशिकले फोटो खिचाए । तर फिर्ता नगरेपछि समान्य विवाद भएको थियो । मेलाबाट थोरै पर चौरमा लगेर दुबैजनाले आशिकको पेटमा छुरा पटक पटक छुरा प्रहार गरी भागेका थिए ।

आशिकको शव बिहीबार साँझ स्थानीय जगदिश साहको खेतमा रक्ताम्य अवस्थामा फेला परेको थियो । घटना लगतै मावलीमा बसिरहेका दिपक र अमितलाई पक्राउ गर्न सफल भएको डिएसपी गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!