Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ८ गते ।

सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गाको पूजाको प्रतिमा विसर्जन गर्न जाने क्रममा झडप भएको छ । स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानी प्रशासनले निर्धारण गरेको रुट विपरीत मलंगवाको जिविस चोकको दुर्गा पूजाको मुर्ति सेलाउन जाने क्रममा प्रहरीले रोकेपछि झडप भएको थियो । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए ।

उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
विगतमा मुर्ति विर्सजनको क्रममा भएको हिन्दु र मुस्लिम समुदायबीच पटक पटक भएको अप्रिय घटनालाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो । तर जिविस चौकमा भएको दुर्गापूजाको मुर्तिलाई स्थानीयले विगतकै मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि प्रहरीले रोकेको थियो । त्यस क्रमम झडप र तनाव भएको थियो । यधपी थप प्रहरी परिचालन गरी रोक्न सफल भएको छ ।
स्थानीय प्रशासनले तोकेकै रुटबाट लगेर जिविस चोकको दुर्गापूजाको प्रतिमा विसर्जन गरिएको डिएसपी पजियारले बताए । अहिले अवस्था समान्य भएको उनको भनाइ छ ।

प्रहरीका अनुसार जिल्लामा ६५ बढी स्थानमा दुर्गा पूजा गरिएको थियो । अन्य ठाउँमा शान्तपूर्वक रुपमा मूर्ति विर्सजन भएपनि मलंगवाको जिविस चोकमा तनाब बढेको थियो । पछिल्लो समय मलंगवामा मुर्ति विर्सजनकै लागि पटक पटक हिन्दु र मुस्लिम समुदायबीच झडप तनाव हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!