Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ३ गते ।

जनकपुरधाम लगायत धनुषाको विभिन्न स्थानबाट १० जना सडक मानवको उद्धार गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाबाट ७ जना र मिथिला नगरपालिकाबाट ३ जनाको उद्धार गरिएको समाजसेव प्रकाश थारुले जानकारी दिए ।
बिरामी, मानसिक रोगी, अशक्त, बोल्न नसक्ने तथा फरक क्षमता भएर घरपरिवारबाट विस्थापित भइ सडकमा अलपत्र परेर कष्टकर जीवन व्यथित गरिरहेका मानवहरुको उद्धार गरि जनकपुर मानव सेवा आश्रममा राखिएको हो ।

धनुषामा सडक मानव उद्धारका लागि मानव सेवा आश्रमका संचालक रामजी अधिकारी, जनकपुरधामका मेयर मनोज साह, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, प्रहरी उपरीक्षक विश्वराज खड्का, समाजसेवी पवन सिंहानिया, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको टोलिले उनीहरुको उद्धार गरेका हुन् ।
मानव सेवा आश्रमले पटक पटक सडकमा अलपत्र परेका मनवहरुको उद्धार गरि जनकपुरधाम तथा विरगञ्जको आश्रममा राखेर स्याहार गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!