Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ३० गते ।

धनुषाको बटेश्वरमा प्रदेश स्तरीय महिला कवडी प्रतियोगिता हुने भएको छ । हिन्दु धर्माबलम्बीहरुको महान चाँड बडा दसैं, तिहार तथा छठ पर्वको अवसरमा बटेश्वर गाउँपालिका ४ स्थित शिवशक्ति युथ क्लबको आयोजना तथा गाउँपालिका कार्यालयको संयोजनमा कार्तिक २ गते (बिहीबार)देखि प्रदेश स्तरीय महिला कवडी प्रतियोगिता हुन लागेको हो ।

शिवशक्ति नमूना माध्यमिक विद्यालयको प्रांगणमा प्रदेश स्तरीय दुई दिवसीय महिला कवडी प्रतियोगिता गर्न लागेको क्लवका प्रतिनिधि मदन विकले जानकारी दिए ।
क्लवका अध्यक्ष दिनेश साहका अनुसार प्रथम पुरस्कार ५० हजार, दोश्रो पुरस्कार २५ हजार र तेश्रो पुरस्कार ११ हजार रुपैयाँ राशीको रहेको छ ।
बेस्ट रेडर र बेस्ट क्याचलाई पनि अन्य पुरस्कारहरु प्रदान गर्ने क्लवका प्रमुख सल्लाहकार गणेश साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!