Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २८ असोज । अफगानिस्तानमा आज फेरि शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।

अफगानिस्तानमा एक साताको फरकमा अर्को ठूलो भूकम्पको धक्का महसुस भएको हो । गत साता शक्तिशाली भूकम्पका कारण दुई हजार ५०० भन्दा बढी नागरिकको मृत्यु भएको थियो ।

आइतबार उत्तरी अफगानिस्तानको हेरात शहरमा स्थानीय समयअनुसार बिहान ८ बजेर ६ मिनेटको समयमा ६.३ तीव्रताको भूकम्प आएको जनाइएको छ ।

पछिल्लो भूकम्पबाट भएको जनधनको क्षतिको विवरण भने नआइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!