Samajik Feed – News Portal from Nepal

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच शनिबारदेखि जारी युद्धमा १ हजार ५०० भन्दाबढी मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानसम्म इजरायलतर्फ ९०० र प्यालेस्टिनतर्फ ६८७ जना मारिएका हुन् । आक्रमणामा ज्यान गुमाउनेमा विदेशी नागरिकसमेत छन् ।

नेपालका १० विद्यार्थीले उक्त आक्रमणमा ज्यान गुमाएका भने ४ देशका नागरिक बेपत्ता छन् । त्यस्तै ज्यान गुमाउने विदेशीमध्ये सबैभन्दा धेरै थाइल्याण्डका नागरिक छन् । थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा आफ्ना १८ जना नागरिक मारिएको बताएको छ । केही नागरिक अझै बेपत्ता रहेको पनि थाइल्याण्डले जनाएको छ ।

नेपालका १० जना विद्यार्थी मारिएका छन् । ४ जना घाइते भएका छन् भने १ जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन् । इजरायलमा १० जना बेलायती नागरिक पनि ज्यान गुमाएको आशंका गरिएको छ । यद्यपि ज्यान गुमाउने बेलायती नागरिकको भने पहिचान खुलिसकेको छैन । यस्तै अमेरिकाका ९ जना, क्यानडाका १ मुत्यु र २ जना सक्पर्कविहीन, फ्रान्सका १ जना, जर्मनीकी १ जना, १ जना चिनियाँ महिला पनि इजरायलको द्वन्द्वमा मारिएकी छन् ।

कम्बोडियाका १ जनाको मृत्यु भएको छ भने ब्राजिलका ३ जना नागरिक बेपत्ता भएका जनाएको छ । पाराग्वेको सरकारले आफ्ना २ जना नागरिक सम्पर्कविहीन रहेको जनाएको छ । मेक्सिकोका पनि २ जना नागरिकको अपहरण भएको बताइएको छ । यस्तै, आयरल्याण्डकी १ जना महिला पनि बेपत्ता छिन् । तान्जानियाले आफ्ना २ विद्यार्थी सम्पर्कविहीन रहेका जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!