Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २१ गते ।

जनकपुर बिग मार्टमा गए राति आगलागी भएको छ । जनकपुरधामको रामानन्दचोक स्थित रामाबाबु रायले संचालन गरेको यो मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको हो ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीय लगायतको सहयोगमा आगलागी नियन्त्रण आएको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि पूर्ण रुपले क्षति पुगेको छ । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोड भन्दा बढीको क्षति पुगेको सञ्चालक रायको भनाइ छ ।

मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पती भागेर ज्यान बचाएको बताएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!