Samajik Feed – News Portal from Nepal

एजेन्सी । सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण हुँदा सय जनाभन्दा बढीको ज्यान गएको छ ।

आक्रमणमा परेर कम्तिमा २ सय ४० जना घाइते भएका छन् । होम्सको सैन्य कलेजमा समारोह चलिरहेका बेला आक्रमण भएको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले जनाएको छ ।

स्वास्थ्यमन्त्री हसन अल–घाबासले घाइतेहरूको अवस्था पनि निक्कै गम्भीर रहेको बताए। समारोहमा रक्षामन्त्री सहभागी भएर फर्किएलगत्तै ड्रोन आक्रमण भएको थियो ।

यो घटनालाई सिरियाली सैनिकमाथिको अहिलेसम्मकै घातक मानिएको छ । दीक्षान्त समारोहमा सैन्य अधिकृतसहित उनीहरूका परिवार र आफन्त सहभागी थिए ।

सिरिया एक दशक अघिदेखि गृहयुद्धको चपेटामा छ । आक्रमण कसले गर्यो भन्ने अहिलेसम्म पहिचान भएको छैन । यसको जिम्मा पनि कसैले लिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!