सामाजिक फीड-
जनकपुरधाम, असोज १६ गते ।
जनकपुरमा रेलको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल किचिएर पूर्णरुपमा क्षति भएको छ ।
आज साँझ ७ बजेर ३५ मिनेटको समयमा जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेल जनकपुरको सीताचोक नजिक लिक क्रस गरिरहेको प्र–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकल चपेटामा परको थियो ।
ठक्करबाट मोटरसाइकल चालक धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ वेङगा पिपराडीका २६ वर्षीय राकेश कुमार यादव घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार झण्डैले मोटरसाइकल चालकको ज्यान जोगिएको हो ।
टरसाइकलमा ठक्कर लागेपछि उनी लिक बाहिर लडेका थिए । सो क्रममा उनको दाँया खुट्टाको ईडी र छातीको भित्री भागमा चोट लागेर घाइते भएका हुन् । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।