सामाजिक फीड-
जनकपुरधाम, असोज १६ गते ।
भारतबाट भन्सार छलेर ल्याई गोठमा लुकाएर राखेको डेढ करोड मूल्यबराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । आज बिहान सिरहा नगरपालिका १८, तारापट्टीमा गोठमा लुकाएर राखेको ७८ पोक कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सो कपडा अन्दाजी मुल्य १ करोड ५६ लाख, रहेको प्रहरीको भनाइ छ । बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालयलाई बुझाईने प्रहरीले जनाएको छ ।