Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज १५ गते ।

पहिन्दुधर्माबलम्बीको महान चाँड विजयादशमी यस वर्ष पनि जनकपुरधाममा भव्यतापूर्वक मनाउने निर्णय भएको छ । जनकपुरधामको शक्तिपीठहरु माँ राजदेवी, माँ बौद्धी तथा माँ अन्नपुर्णा अमरखाना मन्दिरमा हुने पुजा तथा बोकाबलीको व्यवस्थापनको विषयमा सोमवार सर्वपक्षीय छलफल भएको हो ।

महावीर युवा कमिटी र राम युवा कमिटीको आयोजनामा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि विजयादशमी परम्परागत अनुष्ठान गर्ने सहमती भएको छ ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी, तिनै तहका सुरक्षा निकायका प्रमुखहरु, जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग बाणिज्य संघ, अघिकांश युवा क्लवका अध्यक्षहरु सहितको उपस्थिति रहेको थियो ।

बैठकले मेला व्यवस्थापनको मुख्य मांग शुद्व खानेपानी सुविधा, विद्युत आपुर्ति र जनस्वास्थ्य तथा शान्ति सुरक्षाको सवालमा सबै क्षेत्रबाट सम्बन्धित निकायका प्रमुखहरुले हरेक सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!