Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ११ गते ।

मधेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने जनकपुरका चिकित्सक अरुण झा रिहा भएका छन् । गल्ती स्वीकार गरेको र आयिन्दा यस्तो गल्ती नदोहरिने सर्तमा उनलाई रिहा गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनीसहितको स्टेटस फेसबुकमा लेखेपछि मौखिक उजुरीको आधारमा उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । मौखिक उजुरी मात्र भएकाले गल्ती स्वीकार गरेपछि उनलाई छाडिएको डिएसपी अवाको भनाइ छ ।
पक्राउ परेर छुटेका झा आयुवर्देदिक चिकित्सक हुन् । मधेश आन्दोलनमा उनी सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी आयुवर्देद चिकित्सक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!