Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ७ गते ।

महोत्तरीको गौशाला बजारमा एक वृद्धको साढे ६ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । आइतबार दिउसो करिब साढे ३ बजे गौशाला नगरपालिका ११ भरतपुर बस्ने ६५ वर्षीय शम्भु महतोको साढे ६ लाख रकम लुटिएको हो ।

ओखलढुंगाबाट आफन्तले पठाएको पैसा एनआइसी एसिया बैंकबाट निकालेर घरतिर जाने क्रममा गणेश मन्दिर नजिक अज्ञात व्यक्तिले पैसा खोसेर भागेको महतोले बताए ।
लुटपाट गर्ने व्यक्तिको खोजविन भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!