सामाजिक फीड-
जनकपुरधाम, असोज ७ गते ।
धनुषामा पालिकाले ठेक्का लगाएर खनेको खोलाको खाल्डोमा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका १ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् ।
शनिबार दिउँसो अन्य दुईजना बालकसंगै खेल्न बिगही खोलामा पुगेका धिरजको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बटेश्वर गाउँपालिका कार्यालयले तीन वर्ष अघि सो खोला ठेक्का लगाउँदा उत्खनन भएको थियो । पछि ठेक्का रद्द गरेपनि पछि पुनः लुकीचोरी डोजर लगाएर खनेको खाल्डोमा पानी जमेको छ । सोही खाल्डोमा धिरजको डुबेर मृत्यु भएको हो ।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।