Samajik Feed – News Portal from Nepal

एजेन्सी-
जनकपुरधाम, असोज ५ गते ।

घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य केही मानिस घाइते भएका छन् ।

पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त सहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो।

अब्दुलाईले भने, ‘बावुकु र आसपासका क्षेत्रमा सशस्त्र आक्रमणका कारण प्रहरीको सुरक्षामा गाडीहरू चलाइएको र ती गाडीहरूमा केही व्यापारीसमेत रहेका थिए।’

सुरक्षा गस्तीसहित चलाइएका बसमा अज्ञात बन्दुकधारीहरूले पुसिगाको नजिकै बसहरूमा एक्कासी गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो र अन्य केही घाइते भएका थिए।

अब्दुलाईका अनुसार सुरक्षा निकायले द्रूत गतिमा जवाफी कारबाही गर्दै आक्रमणकारीको खोजी सुरु गरेको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ।अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!