सामाजिक फीड-
जनकपुरधाम, असोज ४ गते ।
पर्साको वीरगञ्ज महानगरपालिकाले काठमाडौं भइरहेको शिक्षक आन्दोलनले विद्यालय शिक्षा प्रभावित बनेको भन्दै पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।
शिक्षकहरु आन्दोलनका लागि काठमाडौं गएपछि वीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै यथाशीघ्र पठनपाठन सुरु गर्न भनेको हो ।
महानगरपालिकाले बालबालिकाको नियमति रुपमा सिकाइ प्रक्रियामा सहभागी हुन पाउने अधिकार वञ्चित भएको भन्दै तत्काल पठपाठन गर्न शिक्षकहरुलाई निर्देशन दिएको हो ।
बालअधिकार प्रति संवेदनशील र जिम्मेवारी हुन आग्रह गर्दै वीरगञ्जले अन्यथा प्रधानाध्यापकहरु नै जिम्मेवार हुने भन्दै चेतावनी समेत दिएको छ ।