सामाजिक फीड
काठमाडौँ, भदौ ३१ गते।
सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । आइतबार साँझ सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
सहमतिअनुसार हेटाैँडाको सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अन्य ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने, उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिबद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउनेलगायत सरकारले प्रतिबद्धता जनाएको छ ।
