Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २९ गते ।

धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धमक्याएर पैसा उठाउँदै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कमला नगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भइ घुमुवा प्रहरी भन्दै डर धम्की देखाई नगद ४ हजार रुपैयाँ लुटेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले जनकारी दिए । उनका अनुसार विदेह नगरपालिका ३ चिकना महिनाथपुर स्थित भित्री सडक खण्डबाट बिहीबार उनलाई पक्राउ गरिएको हो ।

मोटरसाइकलमा सवार अर्का युवक भने फरार भएका छन् । मोटरसाइक सहित पक्राउ परेका यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको र फरारको समेत खोजी भइरहेको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!