Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २९ गते ।

जनकपुरधाममा ठेकेदारले लापरबाही खुल्ला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया छन् ।

बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए । परिवारजनले खोजविन गरेपछि मुख तल र खुट्टा मात्रै थोरै देखिएको अवस्था भेटिएको स्थानीय अम्रिता मण्डलले बताइन् । निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो ।
स्थानीय नथुनी मण्डलका अनुसार मधेश प्रदेश सरकारको बजेटमा दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन लगाइएको छैन । ठेकेदार र उपमहानगरपालिकाकालाई पटक पटक ढक्कन लगाउन आग्रह गर्दा पनि अहिलेसम्म नलगाइएको र बच्चा त्यसको सिकार भएको स्थानीयले बताए । बच्चाको मृत्युुले गाउँ शोकमग्न बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!