सामाजिक फीड
जनकपुरधाम, भदौ २७ गते ।
पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा झडप हुँदा ११ जना घाइते भएका छन् । मंगलबार राति बाल सुधार गृहमा रहेकाहरुबीच झडप भएको हो । झडपमा ११ जना बाल कैदी घाइते भएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। उनका अनुसार उनीहरु सबै जना समान्य घाइते भएका छन् ।
राति प्रहरी परिचालन गरिएपछि बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए । बिहानदेखि स्थिति सामान्य भएको डिएसपी थापाले बताए ।
यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिए ।
बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ ।