सामाजिक फीड-
जनकपुरधाम, भदौ २५ गते ।
प्रादेशिक अस्पताल सिरहाले आफ्नै हाताभित्र ब्लड बैंक सञ्चालन गर्ने भएको छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले अर्कै काममा प्रयोग हुँदै जीर्ण हुन लागेको भवन भित्र ब्लड बैंक संचालन गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले अस्पतालले आवश्यकतालाई ध्यानमा राखेर केही दिनभित्र ब्लड बैंक सञ्चालन गर्ने भनी निर्णय गरिएको बताए ।
केही वर्षअघि रेफर सेन्टरको रुपमा रहेको जिल्ला अस्पतालको अवस्थालाई सुधार गर्दै अघि बढ्दा प्रादेशिक अस्पताल बन्न सफल भएको प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा. नागेन्द्र प्रसाद यादवले बताए । बिरामी राम्रो उपचार गर्दै जाँदा पहिलाको भन्दा चार गुणा बिरामीको सङ्ख्या र अस्पतालको अवस्थामा सुधार आएको उनको दाबी छ ।