Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २४ गते ।

कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले गणेशमानचारनाथ नगरपालिका ९ कमला खोला स्थित अबैध ढुङ्गा उत्खनन गरी लोड गरेको अबस्थाम स १ त ४५८९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्याक्टर आवश्यक कार्वाहीको लागी गणेशमानचारनाथ नगरपालिका कार्यालयमा पठाईएको प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!