२० असोज, जनकपुरधाम। महोत्तरी जिल्ला स्थित लोहरपट्टी नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ४८को शलेन्द्र यादव सवार ज २ प ३८९४ मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको सोही ठाँउ बस्ने मुदिन नदाफको छोरा वर्ष २६ को नसिब नदाफ सबार प्रदेश–२–०२–००५प ५८०० नम्बरको अपाचे मोटरसाईकल एक आपसमा ठकर भएको थियो। सो दुर्घटनामा परेर दुवै मोटरसाइकल चालकको उपचार अस्पतालमा हुदैँ थियो। उपचार कै क्रममा घाइते नसिब नदाफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
