सामाजिक फीड-
जनकपुरधाम, भदौ २१ गते ।
सर्लाहीमा बलात्कार मुद्दामा एक वृद्ध जेल चलान भएका छन् । सार्वोच्च अदालतबाट १० वर्ष कैद सजाय करार भएका सर्लाहीको हरिपुर नगरपालिका वडा न. ५ का ७० वर्षीय सफी अहमद लाई जेल चलान गरिएको हो ।
लामोसमयदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय हरिपुरको टोलिले पक्राउ गरी सिन्धुली कारागार चलान गरिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए । उनका अनुसार सर्लाही जिल्ला अदालतमा पेश गर्दा पक्राउ परेका अहमदलाई सजाय भुक्तानका लागि कारागार कार्यालय सिन्धुली पठाईएको छ ।
जवरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले उनलाई ९ बर्ष ११ महिना २८ दिन कैद ठहर
गरेको थियो ।