Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते ।

अख्तियारको कर्मचारी भन्दै जनकपुरमा व्यवसायीबाट ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ३ बस्ने ३७ वर्षीय अनिल सिंह र सोही ठाउँका ३२ वर्षीय राहुल सिंह रहेको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार गत साउन ११ गतेदेखि भदौ १५ गतेसम्ममा जनकपुरधाम नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा दुबैजना आफूहरु अख्तियारको कर्मचारी हौं भन्दै अनावश्यक केरकार गरेका थिए ।

कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौं, तपाईंको पसल सिल गर्छौँ, भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने उनीहरूलाई खोजतलास गरी सोमवार जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमपुरा चोकस्थितबाट पक्राउ गरिएको डिएसपी गौतमले बताए ।

उनीहरूलाई बिआर ३० एबी ८८०४ नम्बरको भारतीय मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

दुबैजनामाथि ठगी कसूर शीर्षक मुद्दामा दर्ता गरी जिल्ला अदालत धनुषाबाट ५ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!