सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते ।
प्रहरीले चोरीको १२ वटा पानी तान्ने मोटरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका २ का १९ वर्षीय शिवकुमार महरा छन् ।
उनलाई आइतबार बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलिले पक्राउ गरेको हो ।
महराको साथबाट विभिन्न समयमा चोरी भएको पानी तान्ने १२ वटा मोटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महरामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।