सामाजिक फीड-
जनकपुरधाम, भदौ १८ गते ।
नेपाल र भारतबीचको आज हुने खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयहरुमा दिउँसो २ त्रजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न आग्रह गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख अन्जु पाण्डेयले सूचना जारी गर्दै दिउँसो २ बजेपछि कुनै पनि कक्षा संचालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयसँग आग्रह गरेकी हुन् ।
‘जनकपुरधाम उप–महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत संग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा संचाल नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ ।’ उनले जारी गरेको सूचनामा उल्लेख छ ।
एसिया कप २०२३ अन्तर्गत आज नेपाल र भारतबीचको एसिया कप समूह ए को अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्याण्डीमा हुँदैछ ।
यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेल हेर्न पनि जनकपुरधाम उपमहानगरले अकास्मिक सूचना जारी गर्दै विद्यालयहरुमा विदा दिएको थियो ।