Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १५ गते ।

बटेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजगिर महतो आएका छन् । नव प्रशासकीय अधिकृतको रुपमा आएका महतो शुक्रबार कार्यालयमा हाजिर भएका हुन् ।

उनलाई एक कार्यक्रम गरि पालिका जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका छन् ।
समान्य प्रशासन मन्त्रालयले यसअघि झण्डै एक वर्ष कार्यकाल सम्हालेका प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्माको सरुवा धनुषाको धनौजी गाउँपालिकामा गरेको छ भने महतोलाई बटेश्वर पठाएको हो ।
बटेश्वरमा आएका महतोलाई पालिका प्रमुख रामअशिष महतो, उपप्रमुख फुलकुमारी सिंह, सबै वडाध्यक्ष, कार्यापालिका तथा वडा सदस्य, कर्मचारी लगायतले गम्छा तथा अविर लगाएर स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!