Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ८ गते ।

सिरहामा धेरै भारी वर्षा मापन भएको छ। पछिल्लो २४ घन्टामा सिरहामा १०९ मिलिमिटर पानी परेको बाढी पूर्वानुमान् महाशाखाले जनाइएको छ।

लहान स्टेशनको मापन अनुसार पछिल्लो एक घन्टामा सिराहामा ४९.४ मिलिमिटर वर्षा भएको छ।

वर्षाका कारण हुनसक्ने क्षतिबाट जोगिनका लागि सतर्क रहन आग्रह गरिएको छ।

लगातारको वर्षाका कारणमा दूधकोशी र कमला नदीमा जलसत सतर्कता तह पार गरेको छ।

दुधकोशी नदी खोटाङको रबुवाबजारमा ६ मिटर नाघेको छ। कमला नदी सिन्धुलीको रानीबासमा सतर्कता तह नाघेको छ।

बाढी पूर्वमानुमान महाशाखका अनुसार रानीबासमा कमला नदीको जलसतह ३.७८ मिटर पुगेको छ। यसको सतर्कता तह ३.५ मिटर कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *