सामाजिक फीड–
जनकपुरधाम, भदौ ६ गते ।
सिरहा नापी कार्यालयका एक कर्मचारी १० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा कार्यालयका अमिन दिपरञ्जन यादव यादव छन् ।
जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।