Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ६ गते ।

जनकपुरधामको मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षकलाई निस्कासन गरिएको छ । डान्स सहायक शिक्षक विशाल पासवान शिक्षकलाई विद्यालयले जागिरबाट हटाएको हो ।


उनले कक्षा ३ मा अध्ययनरत रिदम मण्डललाई गालामा झापड हानेपछि नील डाम आएको थियो ।
मँगलबार स्कूल समयमा शिक्षक पासवानले विद्यार्थीलाई गालामा निलडाम आउने गरि कुटेपछि उनलाई हटाइएको विद्यालयका प्रबन्धक निर्देशन डा. सोनु कुमार साहले बताए ।

निर्देशक साहका अनुसार, बालकलाई कुटेको घटना तुरुन्तै बाहिर आएपछि उनलाई ठाउँको ठाउँ कारवाही गरी पदबाट निष्कासित गरिएको हो ।


प्रहरी बोलाएर दुवै पक्षबीच वार्ता जारी रहेको बताउँदै उनले शिक्षकले आफ्नो गलती स्वीकार गरिसकेपनि उनलाई कारवाही गरिएको बताए । 

“पढन आउने कुनै पनि बालबालिकासँग यस्तो व्यवहार अक्षम्य छ, मोनाष्टिक स्कूल एक रेपुटेडेट स्कूल छ, यहाँ कडा निगरानी छ । यस्तो अवस्थामा पनि भूल भएको स्वीकार गर्छु । बालबालिकालाई पढाउने शैली यहाँको बेग्लै छ, शिक्षकलाई यहाँको शैलीको बारेमा राम्ररी तालिम दिएरै राखेका थियौँ, तर गलती गरेपछि उनलाई तत्कालै जागिरबाट निकालिएको छ । हामी सम्पूर्ण अभिभावकबाट क्षमा प्रार्थी छौँ’ निर्देशक साहले भने ।

उनले मोनाष्टिक स्कूलका पहिलो पटक भूलवंश यस्तो गलती हुन गएकोमा विद्यालय प्रशासनको तर्फबाट माफी माग्दै निर्देशक साहले आगामी दिनमा यहाँको वातावरणलाई थप निगरानी र पोलिसीमा कडाई गरिने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!