सामाजिक फीड-
जनकपुरधाम, भदौ ६ गते ।
त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।
उनका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो । तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान सवा ११ बजे काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानमा सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटेका छन् ।
बसमा कति यात्रु सवार छन् भन्ने एकिन हुन बाँकी छ ।