Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ६ गते ।

त्रिशूली नदीमा यात्रुबाहक बस खसेकाे छ । बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पछाडिको भागमा ९९५२ नम्बरमात्रै देखिएको बस धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । 

हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *