सामाजिक फीड-
जनकपुरधाम, साउन ३१ गते ।
सप्तरीको विष्णुपुर गाँउपालिकाका दुईजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोयगले पाँच लाख घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाँउपालिकाका कम्प्युटरअपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव रहेका छन् ।
वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको जनाएको छ ।
सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।