Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २९ गते ।

प्रादेशिक अस्पताल जनकपुरमा खाना नलीको ईण्डो स्कोपीविधिबाट शल्यक्रिया सुरु भएको छ ।
खाना नली सुन्निएर बान्ता वा खकारबाट रगत आउने (ईसोफेजियल भेरिसेज)का एक बिरामीलाई प्रादेशिक अस्पतालको मोडुलर ओटीमा पहिलोपटक शल्यक्रिया गरिएको हो ।

चिकित्सकका अनुसार यस्तो शल्यक्रियालाई भेरिसियल ब्यानडिङ भनिन्छ ।

वरिष्ट फिजिसियन एवं पेट, कलेजो तथा मधुमेह रोग विशेषज्ञ डा. रामदेव चौधरीको टिमले महोत्तरीको अलिपट्टीका ४५ वर्षीय ओलि मोहम्मदको सोमबार सो रोगको सफल शल्यक्रिया गरेको प्रादेशिक अस्पतालका प्रवक्ता डा. रामज्ञान यादवले जानकारी दिए ।

पहिलोपटक भएको यो अपरेसनको अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले निरीक्षण अव्लोकन गरेका थिए । यो सेवा अब प्रादेशिक अस्पतालमा निरन्तर प्रदान गरिने प्रवक्ता डा. यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *