Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १८ गते ।

नारायणी नदीमा हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् ।
बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
हामफालेकै बेला उनलाई उद्धार गरेर उपचारको लागि लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!