Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १३ गते ।

सप्तरीमा एक जना मिटरब्याजी पुर्पक्षका लागि जले चलान भएका छन् । राजविराज नगरपालिका ७ बस्ने ६४ वर्षीय रामाप्रसाद साहुलाई शुक्रबार जेल चलान गरिएको हो ।

जिल्ला अदालत सप्तरीको आदेशमा उनलाई सप्तरी जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

उनीविरूद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान भएको थियो। प्रहरीले जिल्ला अदालतमा मुद्दा पेश गर्दा १८ लाख धरौटी माग गरेको थियो।

तर धरौटी तिर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जेल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *