डेँगी ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस्’ प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ।
डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः
- एक्कासि ज्वरो आउने
- टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
- थकान महसुस हुने
- वाकवाकी लाग्ने वा बान्ता हुने
- आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने
यी लक्षणहरू देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल जानुहोस्।
