नयाँ आर्थिक वर्ष लागेपछिको लगातार साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। मंगलबार सेयर बजार परिसूचक नेप्से ९.९१ अंकले वृद्धि हुँदा २१५४.०७ को विन्दुमा बन्द भएको छ ।
नेप्सेमा मंगलबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन शुभम् पावर र युनिलिभर नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सानिमा लर्ज क्याप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ।