आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार नेप्सेमा सुधार भएको छ। यस कारोवार दिन नेप्से परिसूचक १२.१६ अंक बढेर २०९७.०९ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९० अंक, फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ।
नेप्सेमा सुधार भएपनि कारोवार रकम घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८६ स्टकको ३९ हजार ३७ पटकको कारोबारमा २ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ। अन्य ६ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्यूत, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।
आइतबार ३ म्युचुअल फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सनराइज फोकस्ड इक्विटी फण्ड, एनआईबिएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सिटिजन्स म्युचुअल फण्ड, माछापुच्छ्रे बैंकको ऋणपत्र र ग्रामिण विकास लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक ५.९६ प्रतिशत घटेको छ।