Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ३० गते ।

विशेष अदालतले मालपोत कार्यालय धनुषाका तत्कालीन निमित्त प्रमुख (मालपोत अधिकृत) सुनिलकुमार झालाई भ्रष्टाचारी ठहर गरेको छ ।

२८ चैत २०७८ मा उनलाई जनकपुरको भानुचोकमा अख्तियारको टोलिले सेवाग्राहीबाट लिइरहेको ५ लाख घुससहित पक्राउ गरेको थियो ।
विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको इजलासले झालाई शुक्रबार दोषी ठहर गरेको हो । उनको सजाय निर्धारण हुन भने बाँकी रहेको छ ।

अख्तियारले झाविरुद्ध १६ वैशाख २०७९ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *