सामाजिक फीड-
जनकपुरधाम, असार २९ गते ।
नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको भंगहासम्म (साविक विजलपुरा) सम्म चल्ने भएको छ ।
हाल नेपालमा सञ्चालन रहेको एकमात्र रेल सेवा आइतबारदेखि आफ्नो सेवा विस्तार गर्न लागेको हो ।
उद्घााटन पश्चात भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म सञ्चालनमा रहेको नेपाल रेल्वे आइतबारदेखि महोत्तरीको भंगहासम्मम्म सञ्चालन हुने भएको छ ।
आइतबारदेखि ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्नका लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला आउने महाप्रबन्धक झाले जानकारी दिए ।