Samajik Feed – News Portal from Nepal

असार मसान्तको अन्तिम कारोवार दिन सेयर बजारमा सुचिकृत ऋणपत्रहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। आर्थिक वर्षको अन्त्यसँगै कम्पनीहरुले ऋणपत्रको ब्याज भुक्तानी गर्ने गर्दछन्। मसान्तसम्म कायम ऋणपत्रधनीहरुले सो ब्याज प्राप्त गर्न सक्नेछन्। सोही कारण यस दिन अंकित मूल्य अर्थात १ हजार रुपैयाँ भन्दा कम मूल्यका ऋणपत्रहरुमा लगानीकर्ताहरुको विशेष आकर्षण देखिएको हो।

सेयर बजार दोहोरो अंकले घट्दा सेयर बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो । बिहीबार सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । फाइनान्स सब–इण्डेक्स २ प्रतिशतले घटेको छ ।

जलविद्युत, विकास बैंक, व्यापारसहितका सब-इण्डेक्स समेत धेरैले घटेको छ । घटेको बजारमा समेत होटेल तथा पर्यटन, बैंक तथा म्यूचअल फण्डको सब-इण्डेक्स भने बढेको छ । बिहीबार २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ ।

एनएमए डिभेञ्चर, एसबीएल डिभेञ्चर, एनआईबीएल समृद्धि फण्डको सकारात्मक सर्किट लेबलमा कारोबार भयोको त्यस्तै पिपुल्स हाइड्रो, हिमालयन पावर, बुद्धभूमी हाइड्रो, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!