सोमबार सतोको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकको करेक्सन आउँदा नेप्से स्थिर देखिएको छ । नेप्से सोमबार ०.८० अंक घटेर २०७६.९६ विन्दुमा झरेको छ।
सोमबार नेप्सेको कारोबार रकममा सुधार भएको छ। २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार वित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै २.७१ प्रतिशतले कमाएको छ ।
यसदिन नेप्सेमा रावा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ १० पैसा बढेर ३६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने श्वेत गंगा हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्इ साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्इ सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।