धनुषा, ७ असार । धनुषामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमै सुतिरहेकी बालिकालाई बिहीबार बिहान ओछ्यानमै सर्पले टोकेको थियो । अभिभावकले तत्कालै उपचारका लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्याएका थिए ।
तर त्यहाँ उपचार सम्भव नभएपछि सिरहा कर्जन्हाको फूलकुमारी मेमेरियल हस्पिटलमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।