Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ७ गते ।

धनुषाको ढल्केवरको एक इनारमा पुरुषको शव फेला परेको छ । ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा आज बिहान पुरुषको शव फेला परेको हो । शव निकाल्न शसस्त्र प्रहरीको टोलि घटनास्थल पुगेको छ ।

आज बिहान ६ बजे शव गन्हाएको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय ढल्केवरलाई खबर गरेका थिए । शव बाहिर निकालेपछि पहिचान खुल्ने र घटनाको अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!