Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ६ गते ।

धनुषामा आइएमईभित्र चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा हंसपुर नगरपालिका वडा नम्बर–९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र वडा नम्बर–५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा रहेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुबैजनाले गत सोमबार राति १० बजे हंसपुर नगरपालिका वडा नम्बर–९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसलभित्र चोरी गरेका थिए ।

ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले खोजविन गरेका थिए ।

उनीहरूले चोरी गरेको सामान पशु विकासको पुरानो भवनभित्र खाल्टो खनेर लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई चोरी मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *