Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार ५ गते र

आरतीको रहस्यमय मृत्यु प्रकरणमा धनुषा जिल्ला अदालतले श्रीमान् र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाले आरतीका श्रीमान् जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदलतका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले यस्तो आदेश दिएको हो ।

गत जेठ ७ गते साँझ आरती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । उनलाई उपचारको नाटक गर्दै परिवारजनले जनकपुरका एक हस्पिटलमा भर्ना गराएपछि प्रहरी र माइत पक्षले जानकारी पाएका थिए ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदन मोहनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
श्रीमान र ससुरामाथि अदालतमा असार १ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । असार ३ गतेदेखि लगातार थुनछेक बहस चलेको थियो ।

झण्डै दुई वर्षअघि मात्रै सामाजिक परम्परा अनुसार आरतीको विवाह मोतीबाबु सित भएको थियो । जसमा माइत पक्षले दाइजोसहित दिएर २५ लाख विहे खर्च गरेका थिए । पछिल्लो समय घरपरिवारले थप दाइजो माग गर्दै आरतीलाई यातना दिदै आएको र अन्तमा हत्या नै गरेको माइत पक्षको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!