सामाजिक फीड-
जनकपुरधाम, असार ४ गते ।
भंगहा नगरपालिकाका एक दलित वडा सदस्यको निधन भएकोमा छ । भंगहा नगरपालिका वडा नं. ६ की दलित महिला वडा सदस्य श्रीवती देवी दासको निधन भएको हो ।
उनको निधनमा आज भंगहा नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ । मेयर संजिव कुमार साहले एक शोक वक्तव्य जारी गर्दै मृतक वडा सदस्य दासप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनमा आज नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा रहेको जानकारी गराएका हुन् ।