३ अषाढ, जनकपुर । सेयर बजारमा लगातार ९ दिनदेखि वृद्धि देखिएको छ। साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख ९५ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। एक महिना अघि १ अर्बभन्दा तल रहेको दैनिक कारोबार रकम अहिले बढेर ५ अर्ब हाराहारी पुगिसकेको छ।
शेयर बजारमा १ अर्ब पनि कारोबार नभइरहेको बजारमा पछिल्लो केही दिन यता लगातार बढेर गत बुधबार ५ अर्ब माथिको कारोबार भएको थियो । आइतबार पनि करिब ५ अर्ब नजिकको कारोबार भएको छ । आइतबार नेप्सेमा ७० हजार ६४७ वटा कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ८६ करोड ९२ लाखको कारोबार भएको छ ।
बजार निरन्तर बढ्दा लगानीकर्ताको आकर्षण होटल र बिमा कम्पनीहरुमा धेरै देखिएको छ। यस दिन जीवन बीमा उपसमूहको सूचक ६.३९ प्रतिशतले बढेको छ भने होटल उपसमूहको ६.१५ प्रतिशत,अन्य उपसमूहको ६ प्रतिशत र निर्जीवन बीमा उपसमूहको ४.६८ प्रतिशतले बढेको छ।
आइतबार नेपाल इन्स्योरेन्स,प्रभु लाइफ इन्स्योरेन्स,ग्रिन भेन्चर कम्पनी,सुपरमादी हाइड्रोपावर लगायत ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।